नुवाकोट: सूर्यगढी गाउँपालिकाको नेकपा नेतृत्वले लिए शपथ

नुवाकोट, २ असोज । नुवाकोटको सूर्यगढी गाउँपालिकाका नवनियुक्त नेकपा पदाधिकारी र सदस्यले शपथ लिएका छन् ।

शुक्रवार सूर्यगढीको चोकतेमा आयोजित कार्यक्रममा अध्यक्ष, सचिव लगायत ७९ जनाको कार्यसमितिले शपथ ग्रहण गरेको हो । सूर्यगढीमा पूर्व एमालेका तर्फबाट राजु रिजाल नेकपा अध्यक्ष तोकिएका छन् भने पूर्व माओवादीको तर्फबाट पुरुषोत्तम अधिकारी सचिव चयन भएअनुसार शुक्रवार शपथ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा एमालेका प्रदेश एवं जिल्लास्तरका नेताहरु सहभागी भएका थिए । कार्यक्रममा नेकपाको तर्फबाट संघीय सांसद रहेका नेता तथा नेकपा बागमतिका सहइन्चार्ज हितबहादुर तामांग, नेकपा केन्द्रिय सदस्य बिमला सुवेदी, पुर्व सासंद राजेन्द्र प्रकाश लोहनी बागमती    प्रदेशका नेकपा प्रमुख सचेतक एवं प्रदेश सांसद केशव पाण्डे,  प्रदेस  सासद बद्री मैनाली  प्रदेश सदस्यहरु बिन्दा ढुंगाना, कल्पना रिमाल, ठाकुर गजुरेल रामशरण प्याकुरेल सहभागी भए । त्यस्तै कार्यक्रममा नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, सचिव तथा सघिय सासंद नारायण प्र खतिवडा   क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष पदम उप्रेती लगायतले पनि नवगठित नेकपाको गाउँकमिटिलाई शुभकामना दिए ।

कोरोना भाइरका कारण सार्वजनिक कार्यक्रम गर्न निरुत्साहित गरिएका बेला नेकपा नुवाकोटले भने लगातार कमिटिहरुको शपथ कार्यक्रम आयोजना गर्न थालेको हो । यद्यपी आयोजकले संक्रमणबाट जोगिन भौतिक दुरी कायम गरेको दावी गरेको छ । नेकपा एकता कार्यदलको जिल्ला कमिटिहरुले इकाईहरुको अध्यक्ष र सचिव टुंगो लगाएसँगै संगठनको एकीकरण र शपथ कार्यक्रमले तीव्रता पाएको हो ।

२ आश्विन २०७७, शुक्रबार