संविधान दिवसका अवसरमा मदन भण्डारी फाउण्डेशन नुवाकोटले गर्यो चियापान

नुवाकोट, ३ असोज । संविधान दिवसको अवसर पारेर मदन भण्डारी फाउण्डेशन नुवाकोट जिल्ला कार्यसमितिले चियापान कार्यक्रमको आयोजना गरेको छ ।

नुवाकोट सदरमुकाममा शनिवार बिहान आयोजित कार्यक्रममा नुवाकोटका नेकपा नेता तथा कार्यकर्ता सहभागी भए । उनीहरुले सरकारको आह्वान अनुसार संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा नुवाकोटका अध्यक्ष एवं प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले लामो संघर्षपश्चात संविधान प्राप्त भएको भन्दै संविधानमा व्यवस्था भएका नागरिक अधिकारको सुरक्षा गर्दै अघि बढ्नुपर्ने बताए । कार्यक्रममा नेकपाका बागमति प्रदेश प्रमुख सचेतक एवं मदन भण्डारी फाउण्डेशन बागमतिका अध्यक्ष केशव पाण्डेले संविधान दिवसका अवसरमा सबै नागरिकले उत्सव मनाउनुपर्ने बताए । बागमति प्रदेश सभाका सदस्य एवं नेकपा नेपा बद्रि मैनालीले पछिल्लो राजनीतिक उपलब्धिका रुपमा संविधान आएको भन्दै त्यसको कार्यान्वयनका लागि तीनै तहको सरकार र राजनीतिक कार्यकर्ताले भूमिका खेल्नपर्ने बताए । सो अवसरमा नेकपा बागमति प्रदेशका सदस्यहरु रामशरण प्याकुरेल, ठाकुर गजुरेल, शुभद्रा नेपाल लगायतले बोले ।

चियापान कार्यक्रममा नेकपा बागमती प्रदेशकी सदस्य  एवं मदन भण्डारी फाउण्डेशन जिल्ला शाखाकी प्रमुख बिन्दा ढुंगाना, फाउण्डेशनका जिल्ला सचिव एवं विदुर नपा वडा नं ५ का अध्यक्ष  शिव चित्रकार लगायतले संविधान दिवसका अवसरमा आआफ्ना धारणा राखे ।

३ आश्विन २०७७, शनिबार