भागवत वाणीद्वारा क्यान्सर पिडितलाई सहयोग रकम हस्तान्तरण

तारकेश्वर-आश्विन ५,भागवात वाणी ज्ञान सरोवर र यसका संचालक पं श्री वरदान थपलिया को आह्वानमा ब्लड क्यान्सर पिडित शिवराम कुँइकेलको उपचार सयोगार्थ रू २,२२,७८३ अक्षरुपी रू दुई लाख बाईस हजार सात सय त्रीयासी सहयोग रकम संकलन गरि हस्तान्तरण विशेष कार्यक्रमका बीच बिरामी परिवारलाई हस्तान्तरण गरेको छ ।
चितवनको देवघाटस्थित गलेश्वर आश्रमद्वारा संचालित वेदाङ्ग संस्कृत गुरुकुलमा कक्षा १० मा पढ्दै गर्दा ब्लड क्यान्सरले थलिएका नुवाकोट जिल्ला तादी गाउँपालिका वडा नं. ४ सुन्दरादेवी का १७ बर्षिय कुँइकेल हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका छन् । कलिलै उमेरमा क्यान्सर जस्तो जटिल रोगबाट थलिएका उनको उपचारमा आर्थिक अभावले समस्या सिर्जना हुँदै गएपछि उनका बुबा भरत प्रसाद कुँइकेल र दाजु जनार्दन कुइकेलको अनुरोधमा भागवत वाणी ज्ञान सरोवर नामक फेसबुक पेजबाट नियमित सञ्चालन हुँदै आएको धार्मिक प्रश्नोत्तर कार्यक्रममार्फत कार्यक्रम सञ्चालक सुमधुर पुराण वाचक पण्डित श्री वरदान थपलियाले सहयोगको अपिल गरेका थिए ।                                                                                                                    कार्यक्रमको १२४ औँ श्रृङ्खलामा गरिएको आह्वानमै विभिन्न व्यक्ति तथा समुहबाट व्यापक सहयोग रकम घोषणा भएको थियो भने कार्यक्रमको १४० औँ शृङ्खलासम्म आइपुग्दा कुल रकम रू २,२२,७८३ संकलन भएको थियो।ज्ञानलाइ परोपकार संग जोड्ने पं थपलियाको महा-अभियानमा निरन्जन धिताल(भागवत वाणी ज्ञान सरोवर), रामेश्वर पाण्डे (अमेरिका),चतुराले खबरदारी समुह (नुवाकोट), ब्याड जोडी (सिन्धुली), रविन चापागाईं(ज्ञान बढाऔँ स्वाभिमानी बनौँ), निशान थपलिया(मेरो देश मेरो गौरव), सिमा प्रदीप रिजाल(बौद्धिक मंच)तथा सम्पूर्ण भागवत वाणी ज्ञान सरोवर परिवार आदि व्यक्ति तथा समुहको प्रमुख सहयोग रहेको थियो।एक थुकी सुकी सय थुकी नदि बन्न सक्छ भन्ने भनाइ चरितार्थ भएको थोपा थोपा मिलेर घैला भरिए जस्तै सबै मिलेर सामुहिक काम गर्दा यो अभियान सफल भएको र आगामी दिनहरुमा पनि यसै गरि एकतावद्ध भएर काम गर्ने हो भने हर कार्य संभव रहेको पंडित जी को भनाइ छ। सहयोग रकम हस्तान्तरण विषेश कार्यक्रममा बोल्दै पं श्री थपलियाले परोकापकारको यो सत्कार्यमा साथ दिनुहुने सबै सबै मा हार्दिक धन्यवाद अर्पण गर्दै भाइ शिवराम कुइकेलको शीघ्र स्वास्थलाभको कामनाका साथै आगामी दिनमा समेत यस्तै यस्तै परोपकारको कार्यमा समर्पित बन्ने धारणा व्यक्त गर्नुभयो।