नुवाकोट घ्यङफेदिका पहिरो पिडितलाई ग्यास चुलो र सिलिन्डर प्रदान

काठमाडाैं, १३ असोज । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा न १ घ्याङफेदिका १ सय १५ पहिरो पीडितलाई दुप्चेश्वर गाउँपालिका र शान्ति भोलेन्टयर एसोसिएसन जापानको अार्थिक सहयोगमा सामुदायिक विकास समाज नेपाल (कार्डसन) नुवाकोटको समवन्यमा ग्यास सिलिन्डर र चुलाे सहयाेग गरिएको हाे ।                                                                                   सहयाेग कार्यक्रममा नुवाकोटका पुर्व सासंद तथा नेकपा नेता राजेन्द्र प्रकाश, दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्र सिङ तामाङ, उपाध्यक्ष अञ्जु अाचार्य वडाध्यक्षहरु सुन बहादुर तामाङ, किसोर आचार्य सहभागी थिए ।त्यस्तै कार्यक्रममम नेकपा नुवाकोटका नेता बिष्णु लोहनी ,अच्युत पाण्डे, हरी गिरी कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेती,उपाध्यक्ष बच्चुमाया सुनावरीले उपस्थिति जनाएकाे कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेतीले तारकेश्वर अनलाईनलाई जानकारी दिए।