अनेरास्ववियुको नुवाकोट जिल्ला कमिटि समायोजनमा असन्तुष्टहरुले बनाए नयाँ कार्यसमिति
नुवाकोट, २३ असोज । नेकपाको भातृ संगठनहरुको एकता प्रकृयाले गति लिएपनि कतिपय ठाउँमा केन्द्रिय कमिटिले बनाएको समायोजित कमिटिमा विद्यार्थी नेताहरुले असन्तुष्टि जनाएका छन् ।
केन्द्रिय कमिटिले एकताका लागि आफै बनाएको मापदण्डका विपरित नुवाकोटमा विद्यार्थी संगठनको कमिटि पुनरावलोकन भएसँगै नुवाकोट जिल्लाका नेताहरुले केन्द्रिय कमिटिलाई चुनौति दिँदै नयाँ कमिटि बनाएका हुन् । केन्द्रिय कमिटिका पदाधिकारीको उपस्थितिमा गत १६ गते विष्णु दाहालको संयोजकत्वमा बनाइको कमिटि नमान्ने भन्दै आक्रोशित विद्यार्थीहरुले नयाँ कमिटि बनाएका हुन् ।
यसअघि गठन गरिएको कार्यसमितिको सूचि
ओमप्रकाश श्रेष्ठको नेतृत्वमा बनाइको नयाँ कमिटिले पहिले कमिटि बनाउँदा एकताको भावना विपरित सिनियर र सक्रियताको आधारमा नबनाइको भन्दै त्यसलाई नमान्ने बताएका हुन् । उनीहरुले मापदण्डका आधारमा कमिटि पुनरावलोकन गर्न केन्द्रिय कमिटिसँग माग गर्दै नयाँ कार्यसमितिको सूचि सार्वजनिक गरेका हुन् ।
असन्तुष्टहरुले गठन गरेको नयाँ कार्यसमिति