असोज ३० देखि दशैंका लागि बसको टिकट खुल्ने, बैंकको व्याज छुट गराउन आन्दोलन घोषणा
काठमाडौं, २६ असोज । सार्वजनिक यातायात केन्द्रीय महासंघले असोज ३० गतेदेखि दशैंका लागि राजधानीबाट बाहिरिने बसको टिकट खुल्ला गर्ने घोषणा गरेको छ ।
महासंघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अतिरिक्त सवारी साधन व्यवस्थापन गर्न नसकिने पनि जनाएको छ । महासंघले लकडाउन अवधिमा सबैभन्दा बढि मर्कामा परेको यातायात क्षेत्रलाई सरकारले संरक्षण नगरेको र बैंकहरुले ब्याज छुट नगरेको भन्दै कडा शब्दमा आलोचना र दुःख व्यक्त गरेका छन् । उनीहरुले बैंकहरुमा ब्याज छुटका लागि आग्रह गर्दा एकले अर्को निकायलाई देखाउने र व्यवासायीलाई मर्कामा पार्ने गरेको गुनासो गरेका छन् । बैंकहरुले ब्याज छुट नदिँदा र सरकारले चासो नदिँदा व्यवसायीहरु प्रताडित भएको भन्दै तत्काल समस्या समाधान गर्न माग गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष किरण रिजालले बताए ।
उनीहरुले सरकारले यातायात व्यवसायीलाई परेको घाटा र दुःख कम गर्न केही पहल नगरेको भन्दै मंसिर पहिलो सातादेखि चरणबद्ध आन्दोलन गर्ने निर्णय पनि गरेका छन् ।
यो हेरौं ।
२६ आश्विन २०७७, सोमबार