तारकेश्वर पत्रकार मञ्चको अयोजनामा शुभकामना आदान प्रदान तथा विकास बहस कार्यक्रम हुँदै

काठमाडौं । तारकेश्वर पत्रकार मञ्चले विजया दशमी, दिपावली एवं छठ पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

कात्तिक ५ गते बुधबार साँझ जुम मार्फत तारकेश्वर नगरपालिकाको पछिल्ला गतिविधि एव्म शुभकामना आदान प्रदान गर्न लागेको तारकेश्वर पत्रकार मञ्चका अध्यक्ष पुकार तिमिल्सेनाले जानाकारी दिए ।

कार्यक्रम साँझ ७ बजेदेखि सुरु हुनेछ । कार्यक्रमको प्रमुख अतिथी सांसद भिमसेनदास प्रधान र विशिष्ठ अतिथिमा तारकेश्वर नगरपालिकाकी उप प्रमुख भवानी डोटेल धिताल रहेकी छिन् ।

साथमा तारकेश्वर नगरपालिकाको प्रशासकिय अधिकृत शिव लम्साल, पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्ष शान्ताराम विडारी, नागरिक सचेतना समाजको अध्यक्ष प्रा. डा. प्रदिपचन्द्र गौतम लगायतको सहभागि रहनेछ ।

सहभागि हुनको लागि तल दिइएका निम्न आइडी, पासवर्ड प्रयोग गरेर सहभागि हुन सकिने छ ।

४ कार्तिक २०७७, मंगलवार