तारकेश्वर वडा नं. १ ले उठायो एक महिनामै साँढे उन्नाईस लाख कर

काठमाडौं । तारकेश्वर नगरपालिकाले कर संकलन तीव्र पारेको छ । लकडाउन र निषेधाज्ञापछि व्यवसायीले स्वफुर्त रुपमा कर तिर्न थालेपछि संकलन तीव्र बनेको हो ।

वडा नं १ को तथ्यांक अनुसार असोज महिनामा मात्र साँढे उन्नाईस लाख कर संकलन भएको छ । जसमा सबैभन्दा बढी कर सिफरिस दस्तुरबाट ६ लाख २८ हजार ७ सय ६२ रुपैयाँ उठेको छ ।

सम्पत्तीकर बापत ३ लाख ५७ हजार ६७ रुपैयाँ उठेको छ । बाहालकर बापत २८ हजार ९ सय ७८, मालपोत कर बापत ३१ हजार ६ सय ९७ रुपैयाँ उठेको छ । अन्य दस्तुरबाट ३३ हजार ९ ३० रुपैयाँ संकलन भएको छ ।

४ कार्तिक २०७७, मंगलवार