थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लाका कति थपिए ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार ४ सय ४६ पीसीआर परीक्षणमा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार १ सय ५० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ।
सोमबार कोरोना संक्रमण भेटिएका कुल ६० जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा १ हजार ३२९ जना रहेका छन् भने डोल्पा र ओखलढुंगामा केवल १/१ जना मात्र संक्रमित थपिएका छन् ।
प्रदेश एक मा झापामा सबैभन्दा बढी ६० जना संक्रमित थपिएका छन् भने प्रदेश २ मा सुनसरीमा सबैभन्दा बढी ८५ जना थपिएका छन् ।
गण्डकी प्रदेशमा सबैभन्दा बढी कास्कीमा १२७ जना संक्रमित थपिँदा लुम्बिनी प्रदेशमा रुपन्देहीमा सर्वाधिक १४६ जना संक्रमित थपिएका छन् ।
कर्णालीमा भने कैलाीमा सबैभन्दा बढी २६ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयद्वारा सार्वजनिक विवरणका अनुसार मुस्ताङ, मनाङ र बाजुरामा संक्रमितको संख्या शून्य रहेको छ । ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, काठमाडौं, चितवन, मकवानपुर, ललितपुर, काभ्रे, कास्की, नवलपरासी (पश्चिम), दाङ, रुपन्देही र कैलाली रहेका छन् ।