नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च,मृतकको संख्या १०३४ पुग्यो

काठमाडौं । नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृत्यु भएको हो । यो अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २० जनाको मृत्यु भएको थियो।