सीमाविद् बुद्धिनारायण श्रेष्ठ सम्मानित
काठमाडौं । गणेशमान सिंह तथा जन-आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले नापी विभागका पूर्व महानिर्देशक तथा सीमाविद बुद्धिनारायण श्रेष्ठलाई सम्मान गरेको छ ।
जनआन्दोलनका सुप्रिम कमाण्डर तथा लौह पुरुष स्वर्गीय गणेशमान सिंहको १०६ औं जन्म जयन्तीको अवसरमा सोमबार शान्तिवाटिकमा आयोजित एक कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले श्रेष्ठलाई स्वर्णपदकबाट सम्मान गरेका हुन् ।
सिंहको १०६ औं जन्मजयन्तिको अवसरमा आयोजना गरिएको कार्यक्रममा माननीय सांसद भिमसेनदास प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सभामुख अग्नि सापकोटा , विशिष्ठ अतिथि सुवास नेम्वाङ र नेपाली कांग्रेस संसदीय दलको उप सचेतक पुष्पा भुसाल लगायतको सहभागि रहेको थियो । प्रतिष्ठानले बर्सेनि राष्ट्रिय रुपमा योगदान पुर्याउँदै आउनु भएको विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ।