‘नेकपामा देखिएको विवाद केही दिनमै समाधान हुन्छ,ओलीको विकल्प अरु कोही हुनै सक्दैनन्’

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद केही दिनमै समाधान हुने बताएका छन् ।

आज राजधानीमा फोकस नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले नअत्तालिन सबैमा आग्रह गरेका छन् ।

उनले नेकपामा देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरु लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्ने गरी निर्णय आउने दाबी गरे ।

७० वर्षे कालखण्डमा बनेको सबैभन्दा शक्तिशाली सरकार ओली नेतृत्वमा बनेको उल्लेख गर्दै उनले प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुन नसन्ने दाबी गरे ।

मन्त्री मानन्धरले जनताको समृद्धिको सपना ओली सरकारकै नेतृत्वमा पूरा हुने पनि बताउँदै आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गरिरहेको बताए ।