माइतिघरमा जम्मा भएका मानवअधिकारीकर्मीमाथि प्रहरी धरपकड

काठमाडौं, २५ मंसिर । अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानवअधिकारीकर्मीले माइतीघरमा गरेको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ ।

मानव अधिकार रक्षाको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका न्यायका लागि मानव अधिकार सञ्जालका अध्यक्ष इन्द्रप्रसाद अर्याल लगायतलाई प्रहरीले धरपकड गरेको हो । शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेर सरकारले अन्तराष्ट्रिय मानव अधिकार दिवसकै दिन मानव अधिकार उल्लंघन गरेको प्रदर्शनमा सहभागी अभियान्ताहरुले प्रतिक्रिया दिएका छन् ।
पछिल्लो समय विभिन्न राजनीतिक संगठनका नाममा व्यक्तिहत्या जस्ता गम्भीर मानवअधिकार उंल्लघनका घटना बढ्न थालेको भन्दै मानवअधिकारीवादी अभियान्ता र संस्थाहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।