तारकेश्वर -२ ले वितरण गर्यो ३ सय ६६ जनालाई न्यानो कपडा

तारकेश्वर, २५ मंसिर । तारकेश्वर नगरपालिका वडा नं २ ले वृद्धवृद्धा, अशक्त र न्यून आयस्तर भएका र एकल महिलालाई न्यानो कपडा वितरण गरेको छ ।

वडामा बिहीवार आयोजित एक कार्यक्रममा नगरकी उपप्रमुख भवानी डोटेलको उपस्थितीमा न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा उपप्रमुखका अलावा नगरको महिला बालबालिका शाखाकी प्रमुख प्रतिमा मिश्र, वडाध्यक्ष, वडासदस्यहरु, स्थानीय शान्तिधामका पदाधिकारीहरु, सहभागी थिए । न्यानो कपडा वितरण कार्यक्रम शान्तिधाम वृद्धवृद्धा नागरिक उद्यान समितिका अध्यक्ष कपुर लामाको सभापतित्वमा सम्पन्न भयो ।

यस कार्यक्रमका लागि वडाले पाँच लाख विनियोजन गरेको थियो । त्यस रकमले न्यानो कपडा ३ सय ३३ जनालाई वितरण गरिएको तानपा वडा नं २ का अध्यक्ष रवीन्द्र केसीले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

२५ मंसिर २०७७, बिहीबार