टोखा नगरपालिमा खानेपानीको समस्या हल गर्न भण्डारे मुहानमा रिर्जभ ट्याङ्की बनाउने
काठमाडौं । टोखा नगरपालिमा खानेपानीको समस्या हल गर्न झोरमा रहेको भण्डारे मुहानमा लाखौं लिटरको रिर्जभ ट्याङ्की बनाउने तयारी थालिएको छ ।
उक्त तयारीको लागि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , उपमेयर ज्ञानमाया डंगोल , वडा अध्यक्ष श्रीकृष्ण अधिकारी , काठमाडौ उपत्यका खानेपानी लिमिटेडका कार्यकारी प्रमुख , प्रबक्ता बच्चुराज बस्याल लगायतको टोलीले निरिक्षण गरेका थिए ।
भण्डारे मुहानमा लाखौं लिटर रिर्जभ ट्याङ्गी बनाउन नगरपालिकाबाट बजेट बिनियोजन गरि यथासिघ्र कार्यान्वयन गर्ने तयारी थालेको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले बताए ।
काठमाडौ उपत्यका खानेपानी लिमिटेड संगको सहकार्यमा साबिक झोर गाबिस वडा नं ४ को किता नं ९७ को ८ रोपनी १२ आना २ पैसा क्षेत्रफलमा रिर्जभ ट्याङ्की निमार्ण गरिने तयारी थालिएको छ ।