नेकपा माधव प्रचण्ड पक्षको काठमाडौ क्षेत्र न ६ को अगुवा कार्यकता भेला सम्पन्न
तारकेश्वर पौष १२ नेपाल कम्युनिस्ट पाटि नेकपा माधव प्रचण्ड पक्षको काठमाडौ क्षेत्र न ६ को अगुवा कार्यकता भेला टोखा नपा वडा न ९ को नयाँ वसपार्क अगाडि सौगात पाटि प्यालेसमा भएको छ। नेकपा केन्द्रीय सदस्य डा विजय पौडेल ले भेलालाई सम्बोधन गर्दै प्रधान मन्त्री अोलिले अविश्वास प्रस्ताब नअाएको र फेस गर्न नसकेको ले अोलिले ससंद विघटन गरेको र कानुन अनुसार ससंद विघटन नभएको अोलि सरकारले निर्वाचन पनि गराउने स्थिति रहेको बताए ।नेकपा केन्द्रीय सदस्य हिमाल शर्माले नेकपा दल अाधिकारिक र सुर्य चिन्ह हाम्रो हुने र नेता कार्यकर्ता दुविधा नपर्न अाग्रह गरे केपी अोलि प्रधान मन्त्री हुदा पाटिमा कुनै घेरा बन्दी नभएको बताए । नेकपा बागमती प्रदेस कमिटी सदस्य कल्पना शर्मा ,शान्ति अधिकारी ले ससंद विघटन गरेर जनताको जनमत को बेमान गरेर अोलिले प्रतिगमन निम्त्याएको र यसको विरुद्ध सघर्स गर्ने बताए।भेलामा नेकपा विभिन्न तहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
१२ पुष २०७७, आईतवार