‘एमसीसी सम्झौता नेपालको पक्षमा छ, कार्यान्वयन गर्न सहयोग गरौं’- ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको पक्षमा रहेको बताएका छन् ।आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमसीसीसँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे ।
कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिने बताए । ‘एमसीसी हुबहु लागू गर्नुपर्छ भन्ने त होइन ।तर यदि त्यो लागू गर्न नसक्ने हो, ट्रान्समिसन लाइन निर्माण गर्ने हो भने खतम हुनेवाला छ उनले भने ।’
त्यस्तै रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए ।‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्नुहोस्,’ पदबहाली गर्दै उनले भने ।