संसद विघटनविरुद्ध नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र नंं ६ सडकमा
तारकेश्वर, १३ पुस । नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र न ६ ले ससंद विघटनका विरुद्ध सोमबार विरोध प्रदर्शन गरेको छ ।
तारकेश्वर नगरपालिका र काठमाडौं क्षेत्र नं ६ को विभिन्न स्थानमा नाराबाजी सहित प्रदर्शनमा उत्रिएका काँग्रेस कार्यकर्ता वडा न १० लोकतान्त्रिक चोकमा जम्मा भएका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस नेता एवं पूर्वमन्त्री भिमसेन दास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि बेइमानी गरेको र जनमत लाई धोखा दिएको आरोप लगाए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस काठमाडौ जिल्लाका सभापति सबुज बानियाँले अब प्रतिगामी कदमविरुद्ध काङ्ग्रेसले सशत्तः आन्दोलन गर्ने उद्घोष गरे । नेपाली काङ्ग्रेसका अर्का नेता बिष्णुभक्त तिमिल्सिनाले संसद विघटनले जनमतको अवमूल्यन भएको बताए । अर्को एक प्रसंगमा नेता तिमिल्सिनाले स्थानीय सरकारमा पनि पछिल्लो समय भ्रष्टचार मौलाएको भन्दै स्थानीय तहका जनप्रतिनिधिको पनि दिनगन्ति सुरु भएको टिप्पणी गरे ।
नेपाली काङ्ग्रेस तारकेश्वर नगर सभापति श्रीराम थापाले ओली सरकार निरङ्कुस भएको र यसको विरुद्ध सबै एकजुट हुन आह्वान गरे ।कार्यक्रममा काठमाडौ महानगरकी उपमेयर हरिप्रभा खड्गी, नेपाली काङ्ग्रेस क्षेत्र नं ६ क्षेत्रीय सभापति श्याम कृष्ण खडगगी लगायत नेताले ससंद विघटन विरुद्ध आन्दोलन चर्काउनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको काङ्ग्रेस नेता एचआर तिमिल्सिनाले तारकेश्वर अनलाइनलाई जानकारी दिए।