ओली पक्षीय अनेरास्ववियू नुवाकोटको भेला, केशव पाण्डे भन्छन्ः माधव नेपाल स्वार्थी नेता हुन्

नुवाकोट, २५ पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहनिकट विधार्थी सगंठन अनेरास्ववियूले नुवाकोटस्तरीय भेला सम्पन्न गरेको छ ।

भेलामा नेकपा ओली समूहका केन्द्रीय सदस्य एवं प्रदेश सांसद केशव पाण्डे सहभागी भएका थिए । भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले नेकपा नेता माधव कुमार नेपाल लोभी र स्वार्थी नेता भएको आरोप लगाए ।

भेलामा विशेष अतिथिका रुपमा नेकपा केन्द्रीय सदस्य विन्दा ढुङ्गाना पनि सहभागी भइन् । कार्यक्रममा अनेरास्ववियु नेता सुदर्शन शिवाकोटीले दिउँसै लाल्टिन बालेर संविधान खोजी गर्ने हरुलाई पनि मुलधारमा आएर राजनीति गर्न दवाव दिए ।

भेलामा माधव प्रचण्ड निकट नेता कार्यकर्ताहरु भने सहभागी भएनन् । अनेरास्ववीयु नुवाकोटमा संयोजक विष्णु दाहाल ओली निकट हुन भने सहसंयोजक विनोद कोइराला भने माधव प्रचण्ड समूहका रहेका छन् ।