नुवाकोटमा माधव-प्रचण्ड समूहको भेला सम्पन्न, नारायण खतिवडा प्रमुख अतिथि

नुवाकोट, २६ पुस । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) माधव प्रचण्ड पक्षको केन्द्रीय संघर्ष समितिको सर्कुलर अनुसार नुवाकोटको सो पक्षले वट्टारमा नागरिक सुनवाइ अन्तरक्रिया तथा बहस कार्यक्रम गरेको छ।

पुस ५ गते प्रधानमन्त्रीले गरेको संसद विघटन असंवैधानिक किन ? भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) नुवाकोट र अनेरास्ववियू नुवाकोटले संयुक्त कार्यक्रम राखेको हो । सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद खतिवडा उपस्थित भए । संविधानले कल्पना नै नगरेको संसद विघटनको काम प्रतिक्रान्ति भएको बताउदै सांसद खतिवडाले कुनै हालतमा यो अवैधानिक कू फिर्ता हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपाकी युवा नेत्री उषाकिरण तिमल्सिनाले केपी ओलिको राजनितिक वेईमानि र असंवैधानिक कु जनताले वुझेको भन्दै कुनैपनि तानाशाहहरुले हारेका ईतिहास नभएकाले जित जनताकै हुने जिकिर गरिन् ।

कार्यक्रममा अधिवक्ता उत्तम घिमिरेले संविधानमा परिकल्पना गरेका कुनै धारा र बुँदामा नटेकी गरिएको संसद विघटन इतिहासकै कालो दिन भएको भन्दै न्यायालयले न्याय दिनेमा आफुहरु ढुक्क रहेको बताए।

अधिवक्ता गरिमा पाण्डेले संविधानको अपव्याख्या गर्ने अघिकार कसैमा नभएको जिकिर गर्दै कुनै धारा र दफामा विघटनको सम्भावना नै नभएको बताउँदै नुवाकोट बार एसोसियनको प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने स्पष्ट धारणा रहेको बताइन् ।

अनेरास्ववियू नुवाकोटका सहसंयोजक विनोद कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो ।

२६ पुष २०७७, आईतवार