नेकपा ओली पक्षको सुर्यगढी गाउँपालिका स्तरीय भेला सम्पन्न

नुवाकोट, २७ पुस । नेकपा ओली पक्षको सुर्यगढी गाउँपालिकास्तरीय बैठक सम्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य केशव पाण्डेले जनमतलाई प्रचण्डले अपमान गरेको र जनतासँग चुनावमा गरेको बाचा बिर्सिएर प्रधानमन्त्रीविरुद्ध अविस्वाशको प्रस्ताव पेस गर्ने तयारी गरेर प्रचण्डले गद्दारी गरको आरोप लगाए । प्रधानमन्त्रीलाई संसद भंग गर्न बाध्य बनाईएको उनको दावी छ ।

भेलामा बागमती प्रदेश सभा सदस्य बद्री मैनाली, नेकपा केन्द्रीय सदस्य बिन्दा ढुङ्गाना नेकपा नुवाकोटका नेता काशी, अधिकारी, नारायण बस्नेत मुकुन्द आचार्य, सावित्री प्याकुरेल, दिपेश भेटुवाल लगायत सहभागी थिए । नेकपा केन्द्रमा आएको विभाजनले गर्दा अहिले नुवाकोटका गाउँ तहसम्मै दुवै समुहले भेला कार्यक्रम गरिरहेका छन।

।     

२७ पुष २०७७, सोमबार