शिवपुरीको शेराबगरमा जुधाईयो तीन हल गोरु फोटो फिचर

शिवपुरी  माघ २  नुवाकोट जिल्ला को पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा माघे सङ्क्रान्तिको अवसरमा परम्परागत रूपमा चलिआएको गोरू जुधाउने कार्यक्रम शेराबगरमा सम्पन्न भएको छ। शिवपुरीमा पर्यटन प्रवदन गर्ने लाई गतसाल देखि शिवपुरी गाउपालिकाको शेराबगर मा जुधाइदै आइएको यस स्थानमा यसपाली ३ हाल गोरु जुधाइएको थियो।
                                                           हरेक वर्षझैं यसपाली पनि नुवाकोटका विभिन्न ठााउँमा  गोरु जुधाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ। नुवाकोटको तारुका पञ्चकन्या सातबिसे बेत्रावतिमा गोरु जुधाईएको छ।
                                                     शिवपुरीको शेराबगरमा भएको गोरु जुधाइमा प्रथम विजेता गोरु धनीले रु १५ हजार प्राप्त गरेका थिए । ज्ञान बहादुर तामाङ र देब बहादुर तामाङका दुई गोरुले नै उत्कृष्ट प्रदर्शन गरेकाले गोरु धनीहरूको समझदारीमा २ गोरुलाई नै प्रथम घोषणा गरी पुरस्कार प्रदान गरिएको हो ।यी गोरुले लगातार २८ मिनेटसम्म जुधेर उत्कृष्ट प्रदर्शन गरेका थिए। 
त्यस्तै दोस्रो बनेको गोरु धनी तिलक बहादुर बखती ले रु १० हजार प्राप्त गरे । बखती को फुर्के गोरुले २० मिनेट जुधेर राम्रो प्रदर्शन गरेको थियो । तेस्रो बनेको गोरु धनी लव थापाले रु ५ हजार नगद र प्रमाणपत्र प्राप्त गरे।यस गजुवा गोरुले ८ मिनेट सम्म जुधेर मनोरञ्जन प्रदान गरेको थियो। 
                                                                                 गोरु जुधाउने कार्यक्रम सगै लोकदोहोरी, स्थानीय साङ्गीतिक कार्यक्रमले उपस्थित दर्शकलाई थप मनोरञ्जन प्रदान गरिएको थियो । साथै कलाकार , गोरु बिजेताहरुलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रममा बोल्दै शिवपुरी गाउँपालिका अध्यक्ष राम कृष्ण थापाले गोरुजुदाई कार्यक्रम ऎतिहासिक परम्परा हो, यसलाई जोगाइ राख्नु आजको हामी युवा पुस्ताको कर्तब्य हो। यसले हाम्रो यस स्थानको सास्कृतिक, ऐतिहासिक र पर्यटकीय महत्वमा पनि बढावा दिन्छ। जसले गर्दा स्थानियहरुको जीवनस्थरमा पनि सुधार हुने बताए ।                                                                                          गाउँपालिका उपाध्यक्ष मञ्जु केसि ले शिवपुरी मा यस्तो कार्यक्रम ले अान्तरिक तथा बाह्य पर्यटन प्रवदन गर्ने टेवा पुग्ने बताए ।                                                                                  नेकपा नुवाकोट निर्वाचन क्षेत्र न १ का सयोजक पदम उप्रेतीले चाडपर्व र यस्ता अबसरमा गरिने यस्ता सास्कृतिक कार्यक्रम ले पर्यटन प्रवदन भई शिवपुरी विकासमा टेवा पुग्ने बताए ।उप्रेतीले कार्यक्रममा शेराबगर विकास समाज लाई अाफ्नो तर्फ बाट रु तीन लाख बराबर को साउण्ड स्सिटम पनि कलबलाई प्रदान गरेका थिए। कार्यक्रममा वडा शिवपुरी वडा न ६ का अध्यक्ष लालबहादुर तामाङ वडा न ५ का सिताराम थापाले मनतब्य राखेका थिए । गोरु जुधाई कार्यक्रम हेर्ने विभिन्न स्थान बाट मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम अायोजना शेराबगर विकास समाजले अायोजना गरेका थिए। 

२ माघ २०७७, शुक्रबार