गणेश मान सिंह बागमती प्रदेश बक्सिङ प्रतियोगिता हुने

तारकेश्ववर माघ २ काठमाडौ मा पहिलो पटक बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ। नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा गणेश मान सिंह बागमती प्रदेश बक्सिङ प्रतियोगिता हुने भएको हो ।
् २०४६ को जनआन्दोलन का सर्वोच्च कमाण्डर गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको अतुलनिय योगदान लाई सम्झिँदै सिंहको पहलमानी र बक्सिङ खेलमा आफूलाई कुशल खेलाडीका रूपमा पनि स्थापना गरेको कुरालाई मनन गर्दै यस कार्यक्रम गर्न लागिएको आयोजकले बताएको छ ।
फागुन १९ देखि २२ गतेसम्म चल्ने यस बक्सिङ प्रतियोगिता मा महिलातर्फ ४८,५१,५४,५७,६० र ६४ केजी तौल समूहमा प्रतिष्पर्धा हुनेछ भने पुरुषतर्फ ४९,५२,५६,६०,६४,६९,७५ र ८१ केजीमाथिको तौल समूहमा हुनेछ ।
स्युचाटार मा आयोजना हुने कार्यक्रममा बागमती प्रदेशका १३ ओ टै जिल्लाका खेलाडी ले सहभागी जनाउन पाउनेछन्। जसमा प्रतियोगिताको हरेक तौल समूहका विजेताले रु १० हजार पाउनेछन् , दोस्रो हुनेले ७ हजार र तेस्रो हुने २ खेलाडीले जनही ४ हजार प्राप्त गर्नेछन्।
प्रतियोगिता संचालनका लागि नागार्जुन नगरपालिका ले २० लाख रुपैयाँ बजेट छुट्याएको छ भने प्रतियोगिताको कुल बजेट ३० लाख लाग्ने अनुमान गरिएको छ ।