नेकपा माधव प्रचण्ड पक्षको काठमाडौमा मोटरसाइकल र्यालि

काठमाडौ माघ ७ नेपाल कम्युनिस्ट पाटि नेकपा प्रचण्ड–माधव समूहले संसद् विघटन विरुद्ध र प्रतिनिधि सभा पुनःस्थापन हुनुपर्छ भन्दै सडक अान्दोलन गर्दै आईरहेको छ। अाज काठमाडौ मोटरसाइकल र्याली निकालेको छ । नेकपा जनसंगठनहरुले भृकुटीमण्डप बाट निकालेको
मोटरसाइकल र्याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभा लाई विधार्थी नेता रञ्जित तामाङले सम्बोधन गर्दै यो अान्दोलन को टेलर मात्र भएको र प्रतिगमन नसचिए कडा अान्दोलन गर्ने बताए ।
नेकपा माधव प्रचण्ड समूहले माघ ९ मा शक्ति प्रदर्शनको तयारी गरेको संघर्ष समितिले जानकारी दिएको छ ।