तारकेश्वर नगरपालिका “तारकेश्वर नगरका धार्मिक, एतिहासिक, साँस्कृतिक तथा पर्यटकीय सम्पदा र पदमार्ग” नामक पुस्तक प्रकाशन गर्ने तयारीमा

तारकेश्वर नगरपाकिाले यहि माघ ६ गते “पर्यटन, कृषि र प्राकृतिक सौन्दर्यको शहर, समृद्ध साँस्कृतिक तारकेश्वर नगर” भन्ने मुल नाराका साथ तारकेश्वरको ‘सम्पदा जात्रा र परम्परा’ नामको पुस्तक प्रकाशन गरेको थियो ।

पुस्तक प्रकाशनको क्रममा बोल्दै नगरप्रमुख रामेश्वर बोहराले नगरपालिका भित्रका एतिहासिक तथा साँस्कृतिक पर्व, मेला र परम्पराहरुलाई स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्न यस पुस्तकको प्रकाशन गरिएको बताएका थिए । साथै नगर प्रमुख बोहराले तारकेश्वरको संरक्षण, सम्बद्र्धन र पर्यटन विकाशको लागि “तारकेश्वर नगरका धार्मिक, एतिहासिक, साँस्कृतिक तथा पर्यटकीय सम्पदा र पदमार्ग” नामक पुस्तक प्रकाशन गर्ने बताएका थिए । उक्त पुस्तक प्रकाशनको तयारीमा रहेको र चाँडै नै प्रकाशन हुने पनि प्रमुख बोहराले बताएका छन् ।