प्रतिनिधि सभा विघठनको कदम खारेज नगर्दा सम्म नेकपा प्रचण्ड–माधव समुहले विरोध सभा जारी राख्ने भएको छ ….

प्रधानमन्त्री केपि शर्मा ओलीको सरकारले गत पुस ५ गते गरेको प्रतिनिधि सभा विघठनका विरुद्ध प्रचण्ड–माधव समुहको नेकपाले दुई चरणको विरोध सभा गरिसकेको छ ।
नेकपा केन्द्रिय सङ्घर्ष समितिले माघ १२ गते विज्ञप्ती निकाल्दै विरोध सङ्घर्षका कार्यक्रमहरु लाई विशिष्ट बनाउँदै निरन्तरता दिने बताएको छ । नेकपा प्रचण्ड–माधव समुहले आज माघ १३ गते काठमाडौंमा सिठ्ठी जुलुस गर्ने भएको छ । प्रतिनिधि सभा विघनका विरुद्ध १४ गते देखि २१ गते सम्म माइतिघर मण्डलामा संविधान सभा सदस्य, संघिय संसद तथा प्रदेश सभा सदस्य सहितको धर्ना कार्यक्रम गर्ने भएको छ ।
सरकारले गरेको प्रतिनिधि सभा विघठनका विरुद्ध देशव्यापी रुपमा निरन्तर विरोध प्रदर्शन गर्दै माघ २६ गते देशव्यापी मसाल जुलुस र २८ गते विरोध सभा गर्ने प्रचण्ड–माधव समुहको नेकपाले बताएको छ ।