तरकेश्वर नगरपालिका भित्रका सहकारीहरुलाई २ दिने तालिम सञ्चालन हुने

तारकेश्वर नगरपालिकाले माघ ११ गते सुचना प्रकाशित गर्दै नगरपालिका भित्रका सहकारीहरुलाई २ दिने सहकारी तथा गरिबी सम्बन्धि व्यवस्थापन सुचना प्रणली(COPOMIS) तालिम दिने बताएको छ ।

तालिम माघ २५ र २६ गते १० बजे बाट काठमाडौं रिभर साइड रिसोर्ट, धर्मस्थलीमा सञ्चालन हुने भएको छ । साथै तालिममा सहभागी हुन कार्यलयको सहकारी शाखामा रजिस्ट्रशन फारम भर्न तारकेश्वर नगरपालीकाले सुचना प्रकाशित गरेको छ ।

१४ माघ २०७७, बुधबार