प्रचण्ड–माधव समुहको नेकपाले माघ २८ गते सम्मको विरोध कार्यक्रमलाई शसक्त बनाउने भएको छ

काठमाडौं माघ १५।केपी ओली सरकारले गरेको प्रतिनिधि सभा विघठनका विरुद्ध प्रचण्ड–माधव समुहको नेकपाले माघ २८ गते सम्म हुने विरोधका कार्यक्रमहरुलाई शसक्त बनाउँदै जाने बताएको छ ।

प्रचण्ड–माधव समुहको केन्द्रिय संघर्ष समितिको विहिबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष्यद्धयले प्रतिनिधि सभा विघठनका विरुद्ध गरिने सबै विरोधका कार्यक्रमहरुलाई अझै शसक्त बनाउन आफु निकट नेता कार्यकर्तालाई निर्देशन दिएका छन ।

बैठकमा दुबै अध्यक्ष्यले आन्दोलनमा समर्थन गर्ने सबैलाई धन्यवाद दिँदै कुनै पनि हालतमा संविधानको रक्षा गर्ने प्रतिबध्ता जनाएका छन । साथै प्रचण्ड–माधव दुबै नेताले नेकपा पार्टी आफ्रनै भएको दाबी समेत गरेका थिए ।