ओली पक्ष्यधर नेकपाले नुवाकोटमा गर्यो जिल्ला कमिटीको बिस्तारीत बैठक सम्पन्न

तारकेश्वर माघ १५ । नुवाकोटमा आज ओली पक्षेधर नेकपा जल्ला कमिटीको बिस्तारीत बैठक सम्पन्न भएको छ । नेकपा केन्द्रीय सदस्य इश्वरी रिजालको प्रमुख आथित्यता रहेको बैठकमा केन्द्रीय सदस्यहरु खेम लोहनी, केशवराज पाण्डे, विन्दा ढुंगाना, रामशरण प्याकुरेल, ठाकुर गजुरेल, विजय लोप्चन तथा प्रदेश सदस्यहरु मेन्चुङ तामाङ्, प्रदेश संसद तथा नेकपा जिल्ला सदस्य बद्री मैनाली लगायतका जिल्ला सचिवालय सदस्य तथा अन्य जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई संम्बोधन गर्दै प्रमुख अतिथि इश्वरी रिजालले विगतमा दुबै पार्टीले बाध्यात्मक अवस्थामा पार्टी एकिकरण गरेको बताइन । प्रधानमन्त्री केपी आलीले आगामी बैशाख १७ र २१ गते प्रतिनिधि सभा निर्वाचनको घोषण गरे सँगै नुवाकोटमा ओली निकट नेता कार्यकर्ताहरुले वडा देखि जिल्ला सम्म पार्टीको बिस्तारीत बैठकहरु सञ्चालन गर्दै आएका छन । केपी ओली सरकारले पौस ५ गते प्रतिनिधि सभा विघठन गरेर नेकपा दुई धुर्वमा बाँडिएको छ ।