सहिद सप्ताहको अन्तिम दिन पारेर विदुर नगरपालिकाले गर्यो सरसफाई कार्यक्रम सम्पन्न

तारकेश्वर माघ १६ । नुवाकोटमा आज सहिद सप्ताहको अन्तिम दिन पारेर विदुर नगरपालिकाले सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । विदुर नगरपालिका, वडा नं ४ कार्यालयको समन्वय र बट्टार वसपार्क निर्माण तथा सञ्चालन सरोकार समितिको आयोजनामा बट्टार बसपार्क देखि घण्टाघरसम्म सरसफाई कार्यक्रम सञ्चालन भएको थियो ।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितको प्रमुख आतिथ्य, तथा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको विशेष आतिथ्यतामा सम्पन कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु, जनप्रतिनिधिहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय संघसंस्था, टोल विकास संस्था, विदुर नगरपालिकाको फोहोरमैला साझेदारी संस्था, तथा स्थानीय वासीहरुको उपस्थिति रहेको थियो ।

वडा नं ४ का अध्यक्ष टलकमान श्रेष्ठको सभापतित्वमा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो ।