नुवाकोटमा ओली निकट नेकपाको भेला भोलि माघ १९ गते हुने
तारकेश्वर माघ १८। नुवाकोटमा केपी ओली निकट नेकपाको आयोजनामा भोलि माघ १९ गते जिल्ला स्तरीय कार्यकर्ता भेला हुने भएको छ। ओली पक्षधर नेकपा केन्द्रीय सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यता रहने कार्यक्रममा उर्जा मन्त्री टोपबहादुर रायमाझी, तथा प्रधानमन्त्री को राजनैतिक सल्लाहकार विष्णु रिमाल लगायतका केन्द्रीय तहका नेताहरुको उपस्थिति रहने बताइएको छ। कार्यक्रम होटल स्क्वायर बट्टारमा हुन लागेको हो।
केपी ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर नेकपा दुई भागमा बाँडिए सँगै नुवाकोटमा ओली निकट नेकपाको विस्तारित बैठक सम्पन्न भएर पार्टीमा नयाँ पदाधिकारीहरु चयन भइसकेका छन्। यसै बिचमा ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक कदम भनिरएका प्रचण्ड–माधव समुहको नेकपा पनि नुवाकोटमा बलियो रूपमा प्रस्तुत भईरहेको छ।



