नुवाकोटको लिखु गाउँपालिकाले गर्यो मतदाता नामावली अद्यावधिक कार्यको सुरुवात

तारकेश्वर माघ १८। नुवाकोटको लिखु गाउँपालिकाले मतदाता नामावली अद्यावधिक कार्यको सुरुवात गरेको छ। गाउँपालिकाले गत पुस १५ गते सुचना प्रकाशित गर्दै भोलि माघ १९ गते भित्र मतदाता नामावलीमा दावी विरोध तथा त्रुटी सच्याउने कार्यको लागि गाउँपालिकामा सम्पर्क गर्न सकिने बताएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर आगामी वैशाख १७ गते र २७ गते प्रतिनिधि सभा निर्वाचनको घोषणा गरे सँगै निर्वाचन आयोगले ७७ ओटै जिल्लामा मतदाता नामावली अद्यावधिक कार्यलाई अगाडि बढाएको छ।