नुवाकोटमा हिजो सामुदायिक मेलमिलाप सम्बन्धी बार्षिक समिक्षा बैठक सम्पन्न
तारकेश्वर माघ १९। नुवाकोटमा हिजो माघ १८ गते सामुदायिक मेलमिलाप सम्बन्धी बार्षिक समिक्षा बैठक सम्पन्न भएको छ। प्राकृतिक स्रोत तथा दोन्द रुपान्तरण केन्द्र नेपालको आयोजना तथा जिल्ला समन्वय समिति नुवाकोटको समन्वयमा सामुदायिक मेलमिलाप सम्बन्धी बार्षिक समिक्षा बैठक सम्पन्न भएको हो।
बैठकमा जिल्ला समन्वय समितिको उप प्रमुख , प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, प्रहरी नायव उपरीक्षक , जिल्ला न्यायाधिवक्ता , डिभिजन वन अधिकृत, नापि कार्यालय प्रमुख , सामुदायिक वन महासंघ नुवाकोटका अध्यक्ष , पत्रकार , मेलमिलापकर्ता समाज नेपाल नुवाकोट सचिव तथा मेलमिलापकर्ताहरूको उपस्थिति रहेको थियो।
बैठकमा बोल्दै जिल्ला समन्वय समिति उपप्रमुखले हिजो साना साना विवाद र झगडामा पनि अदालत धाउनु पर्थ्यो भने आज त्यस्ता समस्या लाई जित जितको माध्यम बाट मेलमिलाप गराउँदा विवाद रहित समाज को निमार्ण भएको बताउनुभयो।