बिहीबार प्रचण्ड–माधव समुहले देशव्यापी आमहड्ताल गर्ने

तारकेश्वर माघ २१ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समुहको नेकपाले माघ २२ गते बिहीवार देशव्यापी आमहड्ताल गर्ने भएको छ ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा अनौपचारिक रुपमा विभाजन भएको थियो । ओलीले गरेको संसद विघटनलाई असंवैधानिक कदम बताउँदै आएको प्रचण्ड–माधव समुहको नेकपाले विहिबार देशव्यापी आमहड्ताल गर्ने भएको हो ।

प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते प्रतिनिधि सभा चुनावको घोषणा गरिसकेका छन् भने प्रचण्ड–माधव समुहको नेकपा संसद पुनःस्थापनाको लागि निरन्तर देशव्यापी आन्दोलन गर्दै आइरहेको छ।

मंगलबार प्रम ओलीले संवैधानीक परिषदको बैठक बोलाएका थिए तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानुनसम्मत नभएको भनि बैठक बहिष्कार गरेका थिए ।

तर, आज संवैधानिक निकायको पदाधिकारीको नियुक्ति भए सँगै नेकपा केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर संवैधानिक निकायका पदाधिकारीहरूको अबैधानिक नियुक्तिको विरूद्धमा विहिबार देशव्यापी आमहड्ताल गर्ने निर्णय भएको प्रचण्ड–माधव निकट नेकपा नुवाकोटका नेता उद्धव पनेरुले तारकेश्वर अनलाईनलाई जानकारी दिए।