विवेकशील साझा पार्टीले भन्यो: सरकार मुलुकलाई द्वन्द्वतर्फ धकेल्न उद्दत

तारकेश्वर माघ २२ । सरकारले बुधबार संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति गरेपछि विवेकशील साझा पार्टीले त्यसको प्रतिवाद गरेको छ।

सरकारले बारम्बार असंवैधानिक कदम चाल्दै जाने र राष्ट्रपतिले त्यसलाई सहजै स्वीकार गर्दै जाँदा भविष्यमा मुलुक दोन्द तर्फ धकेलिँदै जाने विवेकशील साझा पार्टीका प्रवत्ता शरदराज पाठकले बताए ।

उनले भने–प्रधानन्यायाधीशले आफ्नै उपस्थितिमा संसदीय सुनुवाइ बिना नै संवैधानिक आयोगको पदाधिकारीहरुलाई सपथग्रहण गराउनाले उनको नैतिकतामा प्रश्न चिन्ह खडा भएको छ।

उनले केपी ओलीको निरङ्कुशताको समर्थन गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै भएकाले विवेकशील साझा पार्टीले त्यसको विरोध गर्ने बताए।

 

२२ माघ २०७७, बिहीबार