नुवाकोटमा रचना वाचन तथा काव्य गोष्ठी आयोजना हुने
तारकेश्वर माघ २३ । नुवाकोटमा रचना वाचन तथा काव्य गोष्ठी आयोजना हुने भएको छ। साहित्य संगम नुवाकोटको आयोजनामा सृजनाका बगैंचामा शब्दहरूको खेती भन्ने मुल नाराका साथ रचना वाचन तथा काव्य गोष्ठी हुन लागेको आयोजक कविहरूले बताएका छन ।
गोष्ठी २४ गते शनिबार बिहान १० बजे पछि बट्टार बसपार्क नुवाकोटमा आयोजना हुने भएको हो । साहित्य संगम नुवाकोटले विगत लामो समयदेखि फेसबुक लाइभ च्याटमा कविता वाचन कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ।