नुवाकोट–काठमाडौं सम्पर्क मञ्चको भेला हुने: नेकपा ओली समुह
तारकेश्वर माघ २३ । प्रधानमन्त्री केपी ओली निकट नुवाकोट–काठमाडौं सम्पर्क मञ्चको कार्यकर्ता भेला हुने भएको छ।
माघ २४ गते शनिबार मेगा फुडकोट सामाखुशीमा हुने भेलामा नुवाकोट–काठमाडौं सम्पर्क मञ्चका ओली निकट कार्यकर्ताको सहभागिता रहने नेकपा नुवाकोटका अध्यक्ष बद्री मैनालीले बताए।
मैनालीका अनुसार यस भेलाले नेकपा नुवाकोटलाई मजबुत बनाउने छ । मैनाली प्रदेश संसद भएता पनि पछिल्लो समय सामाजीक काममा भन्दा राजनितिक भेलामा व्यस्त देखिन्छन्।
२३ माघ २०७७, शुक्रबार