नेकपा ओली समुह नुवाकोट- काठमाडौं सम्पर्क मञ्चको भेला सम्पन्न

तारकेश्वर माघ २५ नेकपा केपी ओली निकट नुवाकोट- काठमाडौं सम्पर्क मञ्चको कार्यकर्ता भेला तथा अनेरास्ववियु विद्यार्थी नुवाकोट- काठमाडौं सम्पर्क मञ्चको गठन कार्यक्रम शनिबार सम्पन्न भएको छ । भेला मेगा फुडकोट सामाखुशीमा सञ्चालन भएको हो। नेकपा केन्द्रीय कमिटी सदस्य तथा प्रधानमन्त्री राजनीतिक सल्लाहकार विष्णु रिमालको प्रमुख आतिथ्यतामा भएको थियो । बागमती प्रदेश संसद तथा नेकपा ओलि समूह नुवाकोटका अध्यक्ष बद्री मैनाली, नुवाकोट काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष दिपेश भेटवाल लगायतका नुवाकोटका ओली निकट नेता कार्यकर्ताको सहभागिता रहेको थियो। भेलाले नुवाकोट काठमाडौं सम्पर्क मञ्चको संयोजकमा अनिस प्याकुरेल, सह-संयोजकमा निश्चल घिमिरे,र सचिव मा दिनेश पौडेल लगायतका विद्यार्थीहरु मनोनित भएका छन।