फागुन ३ गते प्रधानमन्त्री ओलीले पत्रकारहरुसँग साक्षात्कार गर्ने

तारकेश्वर माघ २६ । फागुन ३ गते प्रधानमन्त्रीले पत्रकारहरु सँग बसेर साक्षात्कार गर्ने भएका छन् । प्रतिनिधि सभा विघटन , पार्टी विभाजन जस्ता विवादमा अल्झिरहेका प्रधानमन्त्री ओलीले फागुन ३ गते पत्रकारहरु सँग बसेर साक्षात्कार गर्न भएका हुन् ।
केपि ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री भएपछिको ३ बर्षमा सरकारले गरेको काम अंकमा बोलेर प्रस्तुत गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।
हिजो केपी ओली प्रधानमन्त्री हुँदा देशको अवस्था के थियो र आज के छ त्यसको विवरण जनता सामु प्रष्ट खोल्ने बताइएको छ । रिमालले पुष्पकमल दाहाल प्रचण्डलाई संकेत गर्दै हाम्रो पार्टीको कुनै नेता प्रधानमन्त्री हुँदा देशभर जम्मा १० किलोमिटर बाटो मात्र कालोपत्रे भएको रहेछ तर ओली प्रधानमन्त्री भएपछि ३ सय ६५ दिनै दैनिक ५ किलोमिटरको दरले बाटो कालोपत्रे भइरहेको बताए ।
उनले केपी ओलीले के गर्यो भन्ने प्रश्नमा यो गर्यो भनेर देखाउने थुप्रै विकास भएका छन, त्यसलाई लिएर जनता सामु जान नेता कार्यकर्तालाई निर्देशन दिएका छन ।
२६ माघ २०७७, सोमबार