नुवाकोटको लिखुमा ऐतिहासिक छहरे महोत्सव हुने

हरी भेटुवाल – तारकेश्वर माघ २६ नुवाकोट जिल्ला को लिखु गाउँपालिका वडा न ६ मा यहि फागुन १४ गते देखि २२ गते सम लिखु गाउँपालिका अाय‍ोजक र ज्योति फिल्मस प्रोडक्सन को ब्यवस्थापनमा प्रथम ऐतिहासिक छहरे महोत्सव तथा ब्यापार मेला २०७७ हुने भएको छ।                                                                                         अाज लिखु गाउँपालिका वडा न ६ खुमल ठाटिमा भएको पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठले महोत्सव ले समग्र नुवाकोट जिल्लाको पर्यटकिय विकास र लिखुको कला संस्कृति संरक्षण कृषि पेशालाई बजारिकरण गन सहयोग पुग्ने बताए ।                                                                                           नुवाकोट उधोग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले महोत्सव गर्दा अायोजक टिमले बढी ध्यान दिनु पर्ने बताए । लिखु गाउँपालिका वडा न ६ का अध्यक्ष हरिसरण लामिछानेले महोत्सवले लिखुको पहिचान हुने र स्थानीय स्तरमा पर्यटन प्रवदन भई अायअार्जन हुने बताए । महोत्सव समग्र नुवाकोट जिल्लाको पर्यटकिय विकास,अान्तरिक ब्यापार लोक कला सस्कृतिको संरक्षण र प्रवदन गन र कृषि पेसालाई बजारिकरण गन सहयोग गन र स्थानीय अार्थिक विकासमा टेवा पुयाउने महोत्सवको उदेश्य रहेको छ।                                                                                            महोत्सवमा कला प्रदशन खैचेडि भजन लाखे नाच झाकि नाच धिमे नेवारी नाच पञ्चेबाजा लोकदोहोरि प्रतियोगिता स्थानीय तथा राष्ट्रिय कलाकारको गित संगित नृत्य हास्यब्याङय विधालय स्तरीय गित नृत्य प्रस्तुति महोत्सवको अाकर्षण रहेको छ।मेला २ लाख दर्शकले अवलोकन गर्ने आशा लिएको महोत्सव व्यवस्थापन का कार्यक्रम संयोजक सानू केसिले पत्रकार समेलनमा जानकारी दिए।