प्रचण्ड-माधव समुहको नेकपाले माघ २८ गते वृहत विरोध प्रदर्शन गर्ने

तारकेश्वर माघ, २७ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव समुहको नेकपाले भोलि बुधबार काठमाडौं लगायत देशव्यापी रूपमा विरोध प्रदर्शन गर्ने भएको छ।

नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय संघर्ष समितिको निर्णयले पुलचोक, माईतीघर मण्डला, केशर महल, त्रिपुरेश्वर बाट निकालिने विरोध र्याली प्रदर्शनीमार्गमा गएर कोण सभामा परिणत हुने बताएको छ।

भोलि हुने विरोध प्रदर्शनको प्रचण्ड-माधव समुहका केन्द्रीय तहका नेता कार्यकर्ताले नेतृत्व गर्ने बताइएको छ। प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र कु भएको भन्दै लामो समयदेखि विरोध प्रदर्शन गर्दै आएको प्रचण्ड-माधव समुहको नेकपाले माघ २८ गते हुने जनप्रदर्शन राजनितिक परिवर्तनको लागि हुने बताइरहेको छ।

नेकपा केन्द्रीय संघर्ष समिति स्रोतका अनुसार २८ गते हुने नागरिक आन्दोलन प्रधानमन्त्री केपी ओली र प्रतिनिधि सभा विघटन र निर्वाचनका विरुद्ध हुने तथ्य बाहिर आएको छ।