राष्ट्रपति भण्डारीले गरिन अनसनरत गंगामायाको जिवन रक्षाको माग
तारकेश्वर माघ २८ । गोरखाका कृष्ण प्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग राख्दै गत पुस ६ गते देखि अनसन बसेकी गंगामाया अधिकारीको जिवन रक्षाको लागि राष्ट्रपतिले माग गरेकी छिन्।
गंगामायाको स्वास्थ्य अवस्था बिग्रँदै गएकोले हत्याको छानविन गरि दोषीलाई कारबाही गर्न राष्ट्रपतिले मानव अधिकार आयोगका नवनियुक्त पदाधिकारीहरुलाई निर्देशन दिएकी छिन् ।
भण्डारीले रुद्र आचार्य भनिने हत्याका मुख्य आरपीलाई सख्त कारबाही र अनुसन्धानको माग समेत गरेकी छिन्।



