नुवाकोट उधोग वाणिज्य संघको वार्षिक साधारण सभा हुने

तारकेश्वर माघ ,२९। नुवाकोट उधोग वाणिज्य संघको वार्षिक साधारण सभा आयोजना हुने भएको छ।

साधारण सभा फागुन १ गते शनिबार हुने बताइएको छ। फागुन १ गते हुने साधारण सभा नुवाकोट उधोग वाणिज्य संघको १७ औं बार्षिक साधारण सभा हो ।

साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता रहने नुवाकोट उधोग वाणिज्य संघका सदस्य लक्ष्मण लामिछानेले तारकेश्वर अनलाईनलाई बताए।

हाल नुवाकोट उधोग वाणिज्य संघको अध्यक्ष तारा कार्की रहेका छन । फागुन १ गते हुने बार्षिक साधारण सभाले नुवाकोटको औधोगीक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताइएको छ।