पेट्रोलीयम पदार्थको मुल्यमा वृद्धि, खाना पकाउने ग्याँसको बजार भाउ बढ्यो

तारकेश्वर २९, माघ । नेपाल आयल निगमले गए राति १२ बजेबाट लागु हुने गरि खाना पकाउने ग्याँस र पेट्रोलीयम पदार्थको मुल्यमा वृद्धि गरेको छ ।
भारतीय आयल निगमले पेट्रोलीयम पदार्थको मुल्यमा गरेको वृद्धिले नेपाली बजारमा पनि मुल्य वृद्धि भएको निगमले बताएको छ ।

निगमले पेट्रोल सहित डिजेल र मट्टितेलको मुल्यमा प्रति लिटर २ रुपैंयाले वृद्धि गरेको छ भने खाना पकाउने ग्याँसको २५ रुपैंयाले मुल्य वृद्धि गरेको छ ।
पेट्रोलीयम पदार्थ र ग्याँसको मुल्यमा वृद्धि भएपनि हवाई इन्धनको मुल्य यथावत रहेको छ ।