भागरथी भट्टका लागि न्याय माग्दै बालाजुमा नेबिसंघको प्रदर्शन

तारकेश्वर माघ, २९ । नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर क्याम्पसका विद्यार्थीहरुले
बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा वालाजुमा विरोध प्रदर्शन गरेका छन्।

बालिकाको बलात्कारी र हत्यारालाई सरकारले सजाय दिन आनाकानी गरेको भन्दै नेवि संघका विद्यार्थीहरूले नारा लगाएका हुन ।

नेपालटारको ग्रामीण आदर्श बहुमुखी क्याम्पस गेटबाटसुरु भएको विद्यार्थीहरुको र्याली बाइपास हुँदै माछापोखरी चोक पुगेर कोण सभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्दै नेबि सघका पुर्ब केन्द्रिय सदस्य शुशिल भट्ट ,विद्यार्थी नेताहरु निरन्जन थापा,पबन थापा,सन्तोष गुरुङ ,स्वेच्छा उप्रेती ,लक्ष्मी सिलबाल,जिबन राना ,किरण भट्टराई ,सुबास घिमिरे ,प्रबिन गुरुङ ,स्थानीय नेपाली कांग्रेसका नेता मनोज राना लगायतले सरकार सँग बैतडीकी किशोरी भागरथी भट्टको घटनाको निश्पक्षे छानविन र न्यायको माग गरिरहेका थिए ।


कार्यक्रममा विद्यार्थी नेताहरुले बलात्कारीलाई कानुनी कारबाही गर्न ,भागरथी, निर्मला,सम्झना कामी लगायतलाई न्याय दिन सरकार सँग माग गरेका थिए।
नेबि संघका नेता शुशिल भट्टलेबलात्कारीलाई सरकारले तत्काल पहिचान गरेर निर्मला, सम्झना र भागरथीका हत्याराहरुलाई कारबाहीको दायरामा नल्याउन्जेल आफूहरुले आन्दोलन जारी राख्ने बताए।

२९ माघ २०७७, बिहीबार