राज्य विरुद्धको कसुर गरेको आरोपमा रामकुमारी झाँक्री पक्राउ

तारकेश्वर माघ २९ । विहिबार नेकपा प्रचण्ड माधव समुहकी नेता रामकुमारी झाँक्री पक्राउ परेकी छिन्।
महानगरीय अपराध महाशाखा टेकु वाट खटिएको प्रहरी टोलीले झाँक्रीलाई पक्राउ गरेको हो ।
झाँक्रीले विहिबारको एउटा कार्यक्रममा राष्ट्रको मानहानी हुने कुरा गरेको भन्दै प्रहरीले झाँक्रीलाई पक्राउ गरेका हुन ।
विहिबार महानगरीय अपराध महाशाखा टेकुका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले राज्य विरुद्धका कसुर अन्तर्गत दफा ५८ बमोजिम रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेका हुन।