सोनाम ल्होछार शुक्रबार मनाइँदै, सरकारद्वारा सार्वजनिक बिदा

तारकेश्वर माघ २९ । तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा शुक्रबार नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
माघ २९ गते शुक्रबार तामाङ समुदायले २७५८ औं लाङ म्हे ल्हो अर्थात् सोनाम ल्होछार मानाउन लागेको तामाङ समुदायले बताएको छ।
तामाङ समुदायको महत्वपूर्ण पर्वहरू मध्ये सोनाम ल्होछारलाई रमाइलो र महत्वपूर्ण पर्वको रूपमा लिने गरेको पाइन्छ ।
सोनाम ल्होछार तामाङ समुदायले नयाँ बर्षको आरम्भको रूपमा मनाउने गर्दछन्।
शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथिको दिन सोनाम ल्होछार मनाइने गरिन्छ।
चिनियाँ नयाँ बर्ष पनि सोनाम ल्होछारकै दिन मनाउने गरिन्छ। सोनाम ल्होछारमा तामाङ समुदायका मानिसहरू आफन्त सँग भेटघाट,झाँकी प्रदर्शन र साँस्कृतिक कार्यक्रम गरेर मनाउने गर्दछन्।