भूमि सम्बन्धी समस्या समाधान आयोग काठमाडौंको अध्यक्षमा रामशरण ढुंगाना

तारकेश्वर माघ, ३० । नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेको झन्डै एक बर्षपछि ७७ ओटै जिल्लामा कार्य समिति गठनको कामलाई तिव्रता दिएको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोग काठमाडौंको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता रामशरण ढुंगाना नियुक्ति भएका छन । ढुंगाना नेपाल कम्युनिष्ट पार्टी नेकपाका सक्रिय सदस्य हुन् ।

त्यस्तै आयोगका सदस्यहरूमा मीना काफ्ले र सत्यनारायण डंगोल नियुक्त भएका छन।
नेपाल सरकारले भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ ख. को उपदफा (६) बमोजिम भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेको हो।

सरकारले देशभरका भूमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेका मानिसहरूको जिवनस्तर सुधार्न भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेको थियो।

वास्तविक भूमिहिन र सुकुम्बासी पहिचान गरि बसोबासको लागि घर र जीविकोपार्जनको लागि कृषियोग्य जमीन उपलब्ध गराउन आयोगलाई निर्देशन दिएको छ।