नेकपाका बरिष्ठ नेता झलनाथ खनाल दिल्ली जाँदै

तारकेश्वर माघ ३० । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहको वरिष्ठ नेता झलनाथ खनाल शुक्रबार दिल्ली प्रस्थान गरेका छन्।

खनालको अचानक दिल्ली प्रस्थानलाई लिएर अनेकौं टिकाटिप्पणी भइरहेको भए पनि खनाल नियमित उपचारको लागि मात्र दिल्ली गएको नेकपा स्रोतले बताएको छ।

खनालले दिल्लीमा कुनै पनि किसिमको राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम नरहेको नेकपा नेताहरुले बताएका छन्। खनाल भारतको राजधानी दिल्लीमा ४ दिन रहने छन् ।

खनाल वर्षेनी नियमित उपचारको लागि दिल्ली जाने गरेका छन्।