वाग्मती प्रदेश उपसभामुख तामाङ्गद्वारा सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त

तारकेश्वर माघ, ३० । तामाङ समुदायको नयाँ वर्ष तथा तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा शुक्रबार वाग्मती प्रदेश उपसभामुख राधिका तामाङले शुभकामना व्यक्त गरेकी छन् ।

तामाङले शुभकामना दिँदै नेपाल बहुजातीय, बहुधार्मिक, र बहुसांस्कृतिक मुलुक भएकोले हरेक जातजाति र धर्मको महत्वपूर्ण विशेषता रहेको पनि बताएकी छन् ।

वाग्मती प्रदेश उपसभामुख तामाङले सामाजिक सञ्जाल फेसबुकमा पनि शुभकामना कार्ड पोष्ट गर्दै २७५८ औं सोनाम ल्होछारको शुभकामना दिएकी छन् ।

साथै नेपाल सरकारले शुक्रबार तामाङ ल्होछारको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ।